उपत्यकामा खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने मन्त्री यादवको दाबी

उपत्यकामा खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने मन्त्री यादवको दाबी

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको दाबी गरेका छन्।

मंगलबार निरीक्षणको क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ-ठाउँमा अवलोकन गरिराखेको बताए।

उनले भने, ‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ-ठाउँमा अवलोकन गरिराखेको छौँ। आगामी दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दिर्घकालिन रुपमा योजना बनाएर अगाडि बढेका छौँ।’

उनले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ उपाएको योजना सुन्दरीजलमा थपिरहेको भन्दै निर्माण पश्चात काठमाडौंमा २४ घण्टा नै पानी आउँने सपना पूरा हुने बताए।

उनले भने, ‘हामीले २४औं घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिट्मेन्ट योजना हामीले सुन्दरीजलमा थपिरहेको छौं। त्यो निर्माण भएसकेपछि काठमाडौंमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ।’

पुष २, २०८१ मंगलबार १३:१२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।