क्यानडाका उपप्रधानमन्त्रीको राजीनामाबारे ट्रम्पको टिप्पणी
एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाकी उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डको राजीनामालाई लिएर टिप्पणी गरेका छन्।
क्रिष्टिया फ्रिल्याण्ड जस्टिन ट्रुडोको सरकारमा उपप्रधानमन्त्री र अर्थमन्त्री थिइन्, उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनले (क्रिस्टिया) राजीनामा दिएकी हुन् वा ट्रुडोले पदबाट हटाएका हुन्? महान देश क्यानडा आफ्नो अर्थमन्त्रीको राजीनामाले स्तब्ध भएको छ। उनको व्यवहार पूर्ण रूपमा विषाक्त थियो, जुन क्यानडाका लागि धेरै खराब छ। उनी मानिसहरूको लागि राम्रो थिएनन्।’
डोनाल्ड ट्रम्पले दुई देशबीचको सिमाना सुरक्षित नगरे राष्ट्रपति बनेपछि क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिइसकेका छन्।
पुष २, २०८१ मंगलबार ११:४७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।