एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं : एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यविभाजनको काम बाँकी रहेकाले मंगलबार पनि बैठक बस्ने भएको हो।

आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिनेछ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेकोे छैन।

उनले बैठक अगामी निर्वाचनहरूमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरूलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको पनि बताए।

पुष २, २०८१ मंगलबार ०७:५६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।