काठमाडौंको न्यूनतम तापक्रम मंगलबार स्थिर

काठमाडौंको न्यूनतम तापक्रम मंगलबार स्थिर

काठमाडौं : देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो।

पुष २, २०८१ मंगलबार ०७:११:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।