नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौं : नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ।
नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो।
त्यस क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताए।
उनले नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई रागाँ भैंसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँभैंसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए।
उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडि आएको पनि बताए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरूमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको उनको दाबी छ।
पुष १, २०८१ सोमबार १९:२८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।