माओवादीसँगको एकीकरणको चर्चापछि एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
काठमाडौं : एकीकृत समाजवादीले तत्काल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको जनाएको छ।
मङ्सिर २६ देखि बसेको स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
'सबैसँग सहकार्य गर्न तयार छौं, तर कुनै पार्टीसँग एकता गर्ने संभावना नरहेको जानकारी गराउँछौं, खतिवडाले भने।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ।
बैठकले आगामी निर्वाचनमा देशैभरि पार्टीको उमेदवार खडा गर्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ।
'आगामी निर्वाचनमा एकीकृत समाजवादी सशक्त पार्टीको रूपमा उभ्याउने, कलम चिह्नका उमेदवारलाई देशैभरि स्थापित गराउने भन्ने विषयमा छलफल केन्द्रित छ, खतिवडाले भने।
बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने निर्णयसमेत गरेको छ।
पुष १, २०८१ सोमबार १९:१२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।