राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरू, बुद्ध एयरको जहाज अवतरण

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरू, बुद्ध एयरको जहाज अवतरण

काठमाडौं : बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रिकालीन उडान सुरू गरेको छ।

सोमबार साँझ सञ्चारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू-४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौंदेखि राजविराजको दुईतर्फी रात्री उडान सुरू भएको हो। योसँगै रात्रिकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ।

सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरे। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रिकालीन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरेसँगै बुद्ध एयरले रात्रिकालीन उडान सुरू गरेको हो।

बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसँगै रात्रिकालीन उडानको सुरू गरेको जनाएको छ। 

प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाइट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि राजविराज विमानस्थलमा रात्रिकालीन उडान थालिएको हो। राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ।  

पुष १, २०८१ सोमबार १८:४५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।