सोमबारको सेयर बजार : ५१.३७ अंकले घट्यो, ५ अर्ब ९३ लाख कारोबार

सोमबारको सेयर बजार : ५१.३७ अंकले घट्यो, ५ अर्ब ९३ लाख कारोबार

काठमाडौँ : सोमबार नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३१ बिन्दुमा बजार बन्द भयो। सोमबार दिनभर २ सय २७ कम्पनीको सेयर मूल्य घट्यो। सोमबार १५ कम्पनीको सेयर मूल्य बढ्यो।

सोमबारको कारोबारमा जानकी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। जानकी फाइनान्सको सेयर मूल्य ९.५८ प्रतिशतले घटेर बजार बन्द भयो।

कुथेली बुखरी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो। जोशी हाइड्रोपावरको ८.७० प्रतिशत, कुमारी सबल योजनाको ५ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनीको मूल्य ३.९८ प्रतिशतले बढेको थियो।

कारोबार रकमका हिसाबले सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर पहिलो नम्बरमा रह्यो। यसको २६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको थियो।

पुष १, २०८१ सोमबार १५:३६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।