महिला यू-१९ एसिया कप : कप्तान पूजाको अलराउन्डर प्रदर्शनमा नेपालले पाकिस्तानलाई हरायो

महिला यू-१९ एसिया कप : कप्तान पूजाको अलराउन्डर प्रदर्शनमा नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं : यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ। 

मलेसियामा जारी प्रतियोगिता अन्तर्गत आज भएको नेपालको पहिलो खेलमा टेस्ट राष्ट्र पाकिस्तानलाई नेपालले ६ विकेटले हरायो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा भेट्टाएको हो। 

नेपालको जितमा कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन्। उनले बलिङमा पनि दुई विकेट लिइन्।

पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो।

नेपाल सुपर-४ मा समेत प्रवेश गरेको छ। समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल समूहको अन्तिम खेलअघि सुपर-४ मा पुगेको हो।

नेपालले भोलि भारतसँग खेल्ने छ।

समूहमा नेपाल र पाकिस्तानसँगै भारत छ। नेपालले आइसिसी यू-१९ विश्वकपअघि एसिया कप खेलेको हो। 

पुष १, २०८१ सोमबार १५:०७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।