सांसदहरूको कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित, अर्थमन्त्री पौडेल पनि फर्किए
काठमाडौं : सोमबारका लागि तोकिएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमा छलफल गर्न बोलाइएको बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको हो।
समिति सभापति सन्तोष चालिसेका अनुसार सांसदहरूको उपस्थित नहुँदा विधेयकमा छलफल चलाउन नसकिएको हो।
‘कोरम पुर्याउनका लागि १२ जनाको उपस्थित हुनुपर्ने थियो तर, हामी १० जना मात्रै भयौं। २ जना पुगेन। त्यसैले बैठक स्थगित गरिएको हो,’ सभापति चालिसेले भने।
उनका अनुसार सांसद, सचिवहरू बैठकका लागि उपस्थित भएका थिए। अर्थमन्त्री विष्णु पौडेल पनि ११ बजेको बैठकका लागि आउनु भएको थियो। तर, ११ बजे बैठक नहुने भएपछि उनलाई बिदा दिएको सभापति चालिसेले बताए।
पुष १, २०८१ सोमबार १४:२०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।