एनपीएलको क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर खेल्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेसँगै प्लेअफ समीकरण पूरा भएको हो।
कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो।
उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र इसान पाण्डेले समान ३८-३८ रनको पारी खेले। पाण्डे नटआउट रहे।
कर्णालीका सोमपाल कामी, नन्दन यादव र विपिन शर्माले एक-एक विकेट लिए।
योसँगै अंकतालिकाको पहिलो र दोस्रो हुँदै क्रमशः सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले क्वालिफायर्स खेल्ने भएका छन्।
यसको विजेता फाइनल पुग्दा पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नेछ।
इलिमिनेटरमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्नेछन्।
पुष १, २०८१ सोमबार १२:३६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।