चार सयले बढ्यो सुनको मूल्य
काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ।
आइतबारको तुलनामा सोमबार सुृन तोलामा चार सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
पुष १, २०८१ सोमबार ११:४५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।