पिएल सिंहलाई अन्तिम श्रद्धान्जलि दिन चक्सिबारी पुगे बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पूर्वप्रमुख पिएल सिंहप्रति अन्तिम श्रद्धान्जलि दिएका छन्।
नेपाली कांग्रेसका नेता समेत रहेका सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए। ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान उनको निधन भएको हो।
उनलाई अन्तिम श्रद्धान्जलि दिन बालेन उनको निवास चक्सिबारी पुगेका हुन्। त्यहाँ उनीसँगै उपप्रमुख सुनिता डंगोल पनि पुगेकी थिइन्।
सिंहको निधनमा महानगरले आज केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको छ।
२०५२ मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो।
पुष १, २०८१ सोमबार ११:२५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।