सिंहको निधनमा काठमाडौं महानगरमा शोक बिदा
काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ।
उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो। नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ।
महानगरका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए।
२०५२ साल मङ्सिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो।
पुष १, २०८१ सोमबार ११:०६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।