एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली १०१ रनमा अलआउट

एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली १०१ रनमा अलआउट
फाइल तस्बिर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स १०१ रनमा अलआउट भएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित २० ओभरमा अलआउट भएर १०१ रन बनायो। योसँगै सुदूरपश्चिमले १०२ रनको लक्ष्य पाएको छ।

कर्णालीका लागि जीसान मक्सुदले सर्वाधिक ३० रन बनाए। विलियम बसिस्टो १६, बाबर हायत १३ तथा चाडविक वाल्टन र सोमपाल कामीले समान ११-११ रन जोडे।

सुदूरपश्चिमका लागि हरमीत सिंहले चार विकेट लिए। स्कट कुग्गिलिन र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिँदा सैफ अली जैबले एक विकेट लिए।

सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

आजको खेलले कर्णालीको भाग्य निर्धारण गर्नेछ। आजको खेल ठूलो अन्तरले हारे कर्णाली बाहिरिन्छ भने जिते सिधै प्लेअफमा पुग्नेछ।

आइतबार भएको खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेर प्लेअफ सम्भावनालाई जिवितै राखेको छ।

पुष १, २०८१ सोमबार १०:४२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।