ब्रिसबेन टेस्ट अस्ट्रेलियाकाे पहिलो इनिङ्स सकियो, बुमराहले लिए छ विकेट

ब्रिसबेन टेस्ट अस्ट्रेलियाकाे पहिलो इनिङ्स सकियो, बुमराहले लिए छ विकेट

एजेन्सी : भारत र अस्ट्रेलियाबीच ब्रिसबेनको गाब्बा मैदानमा जारी तेस्रो टेष्ट म्याचमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ४५ रन बनाएको छ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले १ सय ५२ रनको उत्कृष्ट इनिङ खेल्दा स्टिभ स्मिथले एक सय एक रन बनाए।

भारतका लागि जसप्रित बुमराहले सर्वाधिक ६ विकेट लिए भने मोहम्मद सिराजले पनि अष्ट्रेलियाका दुई ब्याट्सम्यानलाई आउट गरेका छन्।

जवाफी ब्याटिङमा उत्रिएको भारत ७.२ ओभरमा २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ।

जारी टेस्ट अहिले भने वर्षाका कारण प्रभावित भएको छ। पाँच टेस्टको यो सिरिजमा भारत र अष्ट्रेलियाले एक-एक खेल जितेका छन्।

पुष १, २०८१ सोमबार ०८:०५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।