आइसिटी अवार्ड २०२४ र एनसेल फाउन्डेसनबीच सहकार्य
काठमाडौँ : आइसिटी अवार्ड २०२४ मा एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ। नवौँ संस्करणको ग्राण्ड फिनाले पुस ५ मा ह्यात रिजेन्सीमा आयोजना हुँदैछ।
कार्यक्रममा डिजिटल विकासलाई बढवा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
एनसेल फाउन्डेसन डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आइरहेको संस्था रहेको र डिजिटल रूपान्तरणका लागि काम गरिरहेका संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मानमा आयोजना गरिने कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी भएको एनसेल कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले बताइन्।
एनसेलले ४ वर्षदेखि आइसिटी अवार्डमार्फत ‘एनसेल वुमनआइकन आइसिटी अवार्ड’ प्रदान गर्दै आएको छ। यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूको सम्मानमा आइसिटी अवार्डसँग मिलेर ३ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने तयारी गरेको छ।
मंसिर ३०, २०८१ आइतबार १४:५१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।