मत गणनास्थलमा महासंघ र युनियन-चौतारीपक्षधरको ताला, पूर्व अध्यक्ष विष्ट र शिव गाउँले समेत तानिए विवादमा

मत गणनास्थलमा महासंघ र युनियन-चौतारीपक्षधरको ताला, पूर्व अध्यक्ष विष्ट र शिव गाउँले समेत तानिए विवादमा

काठमाडौँ : प्रेस चौतारी निकट दुई पूर्व अध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणनास्थलमा नेपाल पत्रकार महासंघ र एक पक्षको उम्मेदवारको ताल्चा लगाएको भन्दै अध्यक्षका उम्मेदवार रमेश विष्टले निर्वाचन समितिको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

विष्ट र गाउँले प्रेस सेन्टरको सहयोगमा प्रेस चौतारीको आधिकारिक उम्मेदवारको रुपमा महासंघको अध्यक्षमा निर्वाचित भएका थिए।

सिनामंगलमा रहेको महासङ्घको मतगणना स्थलमा निर्वाचन समितिले महासंघ र एमालेको भातृ सङ्गठन प्रेस चौतारी र नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल प्रेस युनियन प्यानलको अध्यक्षको उम्मेदवार ताला लगाइएको भन्दै विष्टले आपत्ति जनाएका हुन्।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ। महासङ्घको पूर्व अध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ’ उनले फेसबुकमा लेखेका छन्।

उनले हालसम्म सार्वजनिक भएको मत परिणाममा युनियनबाट बागी बनेका विष्ट र प्रेस सेन्टरसहितको प्यानलका  कोषाध्यक्ष बाहेक अन्य उम्मेदवारहरू पछाडि छन्। कोषाध्यक्षका उम्मेदवार भने अगाडि छन्।

उनले कोषाध्यक्ष पदको परिणाममा धाँधली गर्न खोजेको र प्रहरी प्रशासनको दुरुपयोग भएको दाबी समेत गरेका छन्। उनले अछामको पुनः मत गणनाको माग समेत गरेका छन्।

मंसिर ३०, २०८१ आइतबार १३:४२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।