बागमती नदीको किनारमा पुगेर आफ्नै शरीरमा आगो लगाएकी कमलाको मृत्यु

बागमती नदीको किनारमा पुगेर आफ्नै शरीरमा आगो लगाएकी कमलाको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौं : काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ। 

चितवनको रत्ननगर नगरपालिका-१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए। ३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

शनिबार दिउँसो कागेश्वरी मनोहरा-८ किराँतचोक नजिकै बागमती नदीको किनारको खाली जग्गामा पुगेर आचार्यले पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। त्यसपछि उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भर्ना गरिएको थियो।

उनले किन आफ्नै शरीरमा किन आगो लगाइन् भन्ने खुलेको छैन। उनको पारिवारिक विवरण लिएर थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन्।  

मंसिर ३०, २०८१ आइतबार ११:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।