विराटनगरले दियो काठमाडौंलाई ११८ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गुर्खाज प्लेअफलाई ११८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरको खेलमा अलआउट भएर ११७ रन बनाएको हो।
शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।
काठमाडौं ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।
मंसिर ३०, २०८१ आइतबार ११:०६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।