त्रिविमा मेरिटोक्रेसीकै आधारमा नियुक्त भए ८ डीन र ३ निर्देशक

त्रिविमा मेरिटोक्रेसीकै आधारमा नियुक्त भए ८ डीन र ३ निर्देशक

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ। 

शनिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए। उनका अनुसार सर्वसम्मतिले डीन नियुक्त गरिएको हो। 

उनले दोस्रो पटक डीन नदोहोर्याउने नीति रहेको बताए।

‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ। तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने।  

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो। वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो।

त्रिवि प्रवक्ता एमन सिंह बोहराका अनुसार त्रिविले मेरिटोक्रेसीका आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको हो।

प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुसभित्र नियुक्त गर्न निर्देशन दिएका थिए। त्यसअघि भागबन्डा नमिलेर त्रिविले डीन नियुक्त गर्न सकेको थिएन। 

कोको बने डिन ?
शिक्षाशास्त्र संकाय- प्रा.डा. बेदराज आचार्य
वन विज्ञान अध्ययन संस्थान- सह-प्राध्यापक  ठाकुर सिलवाल
चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा.डा. मोहोनराज शर्मा
मानविकी तथा सामाजिकशास्त्र- प्रा.डा. द्विविनन्द ढकाल
व्यवस्थापन संकाय-  प्रा.डा. महानन्द चालिसे
विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा.डा. शंकर खनाल
कृषि र पशुविज्ञान अध्ययन संस्थान- सह-प्राध्यापक डा.किशोरचन्द्र दाहाल
इन्जिनियरिङ अध्ययन संस्थान- प्रा.डा.  सुशीलबहादुर बज्राचार्य

कोको बने निर्देशक?
शिक्षा विकास तथा अनुसन्धान केन्द्र- डा. सह-प्राध्यापक राजेन्द्र कुँवर 
व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्र- प्रा.डा. मीना राजभण्डारी 
योजना निर्देशनालयका निर्देशक- सह-प्राध्यापक डा. लक्ष्मीकान्त शर्मा 

मंसिर ३०, २०८१ आइतबार ०९:४३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।