एनपिएल : काठमाडौंले अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै, दोस्रो खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफले अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरू हुनेछ।
शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।
काठमाडौं ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ। ६ खेल खेलेको काठमाडौंले ३ जित निकाल्दा समान ३ हार भोगेको छ।
विराटनगर भने चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा २ जित र ४ हार ब्यहोरेको छ।
आजको दोस्रो खेलमा दिउँसो पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल दिउँसो १ बजे सुरू हुनेछ।
प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।
मंसिर ३०, २०८१ आइतबार ०७:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।