काठमाडौंमा चिसो घट्यो, आज देशभरको मौसम सफा रहने
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हिजो शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ।
हिजो बिहानको न्यूनतम् तापक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४.५ डिग्री पुगेको छ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ।
मंसिर ३०, २०८१ आइतबार ०७:२८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।