देउवाको निर्देशनमा बनेको युनियन-चौतारी गठबन्धनले डडेल्धुरामै हारेपछि...

देउवाको निर्देशनमा बनेको युनियन-चौतारी गठबन्धनले डडेल्धुरामै हारेपछि...
तस्बिरमा हिक्मत सिंह

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसनिकट प्रेस युनियनले हारेको छ।

सभापति देउवाको निर्देशनमा बनेको प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका साझा उम्मेदवार युनियनका पुष्कर भण्डारीलाई हराउँदै हिक्मत सिंह महासंघको डडेल्धुरा शाखामा अध्यक्षमा विजयी भए। 

विजयी भएका सिंहलाई एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले समर्थन गरेका थिए। 

सिंह पुनः अध्यक्षमा दोहोरिएका हुन्। सिंहले एक मतान्तरले जितेका हुन्।  

मंसिर २९, २०८१ शनिबार १५:१६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।