पत्रकार महासंघ सुनसरीमा युनियन-चौतारी गठबन्धनको वर्चस्व, अध्यक्षमा निर्वाचित भए चौतारीका काफ्ले
युनियन-चौतारी गठबन्धनबाट पत्रकार महासंघ सुनसरीको अध्यक्षमा निर्वाचित भए काफ्ले
सुनसरी : नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्।
शुक्रबार धरानमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सह-सचिवमा विकल रेग्मी, सह-सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिए।
सदस्यहरूमा खुलाबाट सरिता पोखरेल, रोहित कुलुङ राई, चन्द्रकला चौधरी, हिरण्य कार्की, सुदीप पोखरेल, शिशिर भट्टराई, जीवन विष्ट, र सिंहबहादुर मादेन निर्वाचित भए भने महिलाबाट सीमा बस्नेत, विजय कुमार राई, विनोद विश्वकर्मा सुरेन्द्र मेहता र नसिम अंसारी निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित भएका काफ्ले प्रेस चौतारी नेपालका नेता हुन्। उनी नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार हुन्। कार्यसमितितर्फ पनि सहसचिव विकल रेग्मी बाहेक युनियन-चौतारी गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्बो) निर्विरोध निर्वाचित भएका छन्।
मंसिर २९, २०८१ शनिबार १४:४२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।