पाकिस्तानी क्रिकेटर मोहम्मद आमिरद्वारा फेरि सन्यासको घोषणा
एजेन्सी : पाकिस्तानी क्रिकेट टोलीका फास्ट बलर मोहम्मद आमिरले फेरि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
मोहम्मद आमिरले भने, ‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय लिएको छु। यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन्।’
‘मलाई लाग्छ कि यो अर्को पुस्ताको लागि लगाम सुम्पने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने सही समय हो’, उनले थपे।
मोहम्मद आमिरले अगाडि भने, ‘मेरो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो र सधैं रहनेछ।’
उनले पीसीबी, आफ्नो परिवार, साथीहरू र आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिए।
मोहम्मद आमिरले यसअघि पनि सन्यास लिएका थिए। तर, उनले यसलाई फिर्ता लिएर पाकिस्तानका लागि टी-२० विश्वकप खेलेका थिए।
मंसिर २९, २०८१ शनिबार १२:४२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।