एनपीएल : पोखराले काठमाडौंलाई दियो एक सय ३९ रनको लक्ष्य

एनपीएल : पोखराले काठमाडौंलाई दियो एक सय ३९ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रन बनाएको हो।

उसका लागि रेमन रिफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। त्यस अलावा दिनेश खरेलले ३८ रन बनाउँदा दिलिप नाथले २७ रन जोडे।

काठमाडौंका करण केसी र रसिद खानले तीन–तीन विकेट लिँदा माइकल लेभिट र जेरार्ड इरासमसले समान एक–एक विकेट लिए।

काठमाडौंले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

मंसिर २९, २०८१ शनिबार १०:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।