काठमाडौंले ३०औं महानगर दिवस मनाउँदै, दिउँसो तीन बजेदेखि कन्सर्ट

काठमाडौंले ३०औं महानगर दिवस मनाउँदै, दिउँसो तीन बजेदेखि कन्सर्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले शनिबार ३०औं महानगर दिवस मनाउँदैछ। दिवसका अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गर्दैछ।

दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र सांस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने महानगरले जनाएको छ।

बिहान ९ बजेदेखि नै टुँडिखेलमा मौलिक खाना महोत्सव हुनेछ।

‘एक वडा-एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी पनि हुनेछ।

विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम पनि छ। सांगीतिक कार्यक्रम दिउँसो ३ बजे शुरू हुनेछ। 

कार्यक्रममा विभिन्न चिर्चित कलाकारहरुले प्रस्तुति दिनेछन्। १९९६ साल पुस ३ गते स्थापना गरिएको सफाइ अड्डालाई महानगरको संस्थागत जग मानिन्छ। 

०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ।

मंसिर २९, २०८१ शनिबार ०८:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।