‘पुष्पा २’ फिल्मका कारण जेल परेका अल्लु अर्जुन रिहा

‘पुष्पा २’ फिल्मका कारण जेल परेका अल्लु अर्जुन रिहा

एजेन्सी : दक्षित भारतीय अभिनेता अल्लु अर्जुन हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन्।

हैदरावाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेश गरेको थियो। तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिए पनि उनी शुक्रबार रिहा भएका थिएनन्।

अल्लु अर्जुनका वकिल अशोक रेड्डीले शुक्रबार नै रिहा नगरेको जवाफ दिनुपर्ने बताउँदै यसबारे कानूनी लडाइँ लड्ने बताएका छन्।

उनले भने, ‘उहाँ(अल्लु अर्जुन)ले तेलंगाना उच्च अदालतबाट आदेशको प्रतिलिपि प्राप्त गर्नुभएको थियो, तर त्यस पछि पनि रिहा गरिएन। यसबारे जवाफ दिनुपर्नेछ र हामी यसको विरुद्ध कानुनी लडाइँ लड्नेछौं।’

चलचित्र ‘पुष्पा-२ : द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध मुद्दा दायर भएको थियो।

मंसिर २९, २०८१ शनिबार ०८:०३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।