अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारतले टस जित्यो
एजेन्सी : ब्रिस्बेनको गाब्बा मैदानमा जारी बोर्डर-गावस्कर ट्रफीको तेस्रो टेष्ट खेलमा भारतले अस्ट्रेलियाविरुद्ध बलिङ रोजेको छ।
पर्थमा भएको पहिलो टेस्ट २९५ रनले पराजित अस्ट्रेलियाले दोस्रो टेस्टमा भारतलाई हराएको थियो।
जारी पाँच खेलको टेस्ट सिरिज भारत र अष्ट्रेलियाका लागि महत्वपूर्ण छ। दुईमध्ये जसले यो सिरिज जित्छ वर्ल्ड टेस्ट च्याम्पियनसिपको तालिकामा सोही टिम माथि उक्लिनेछ।
बोर्डर-गावस्कर ट्रफीमा अष्ट्रेलिया र भारतले १-१ खेल जितेका छन्।
अष्ट्रेलियाको प्लेइङ ११
उस्मान ख्वाजा, नाथन म्याकस्विनी, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी, प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लियोन, जोश हेजलवुड।
भारतको प्लेइङ ११
यशस्वी जैसवाल, केएल राहुल, शुभमन गिल, विराट कोहली, ऋषभ पन्त, रोहित शर्मा (कप्तान), रविन्द्र जडेजा, नितिश कुमार रेड्डी, आकाश दीप, जसप्रित बुमराह, मोहम्मद सिराज
मंसिर २९, २०८१ शनिबार ०७:१९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।