अख्तियारमा घुस रकम बोकेर आएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अख्तियारमा घुस रकम बोकेर आएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन जाँदा घुस रकम बोकेर आएको आरोपमा नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा पक्राउ परेका छन्।

आयोगको  कञ्चनपुरको कार्यालयमा पुगेका उनले मुद्दा मिलाइदिन घुस रकम लिएर आएको आरोपमा अनुसन्धान अधिकृतको कार्यालयबाट पक्राउ परेका हुन्।

अछामको मल्लेख गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदमा अनियमितता गरेको उजुरीमा अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको छ।

अनुसन्धानको कागजात पेस गर्न कञ्चनपुर पुगेको बेलामा उनले एक लाख रकम घुस बोकेर पुगेको भन्दै आयोगले रकमसहित उनलाई पक्राउ गरेको हो।

मंसिर २८, २०८१ शुक्रबार २२:३६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।