पत्रकार महासंघ : चार जिल्लाको नतिजा आयो, रुकुम पूर्वमा वसन्त अध्यक्ष

पत्रकार महासंघ : चार जिल्लाको नतिजा आयो, रुकुम पूर्वमा वसन्त अध्यक्ष

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि भएको निर्वाचनमा रुकुम पूर्व, ताप्लेजुङ, तनहुँ र कञ्चनपुरको मत परिणाम सार्वजनिक भएको छ।

महासङ्घ रुकुम–पूर्वको शाखा अध्यक्षमा वसन्त बाँठा निर्वाचित भए। उनको प्यानलै निर्वाचित भएको हो। ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर बाँठा अध्यक्षमा निर्वाचित भए। उनको प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत ल्याए।

खुला उपाध्यक्षमा बालाराम शेर्पाली, महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा नीराजन शेर्पाली र कोषाध्यक्षमा सावित्रा खत्री निर्वाचित भए।

ताप्लेजुङ शाखामा सुवास आचार्य सर्वसम्मत अध्यक्ष भए। जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत केशव भट्टराईका अनुसार आचार्यको नेतृत्वमा उपाध्यक्ष सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष सङ्गीता कार्की, सचिव कृषण फुरूम्बो, सहसचिव सहारा लिम्बू चयन भए। समावेशी सचिव मनमाया लिम्बू र कोषाध्यक्ष मदन गौतम चयन भएका छन्।

महासङ्घ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) विजयी भए। ३३ मत ल्याएर उनले प्रतिस्पर्धी नारायण खड्कालाई पराजित गरे। खड्काले ११ मत पाएका थिए।

खुला उपाध्यक्षमा प्रताप राना, सचिवमा कृष्णचन्द्र न्यौपाने, सहसचिव खुलामा ऋषिकान्त दुवाडी निर्वाचित भए। यसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा लगायत निर्विरोध भएका थिए।

महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी ५८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत पाए। उपाध्यक्ष खुलामा अमरबहादुर चन्द, उपाध्यक्ष महिलातर्फ धर्मा रोकाया निर्वाचितहुँदा सचिवमा कुन्दन पाण्डेय निर्विरोध भइन्।

मंसिर २८, २०८१ शुक्रबार २२:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।