जेएमईभी जिएसई इलेक्ट्रिक कार नेपालमा, मूल्य ५३ लाख ९९ हजार

जेएमईभी जिएसई इलेक्ट्रिक कार नेपालमा, मूल्य ५३ लाख ९९ हजार

काठमाडौँ : नेपालमा जेएमईभी जिएसई इलेक्ट्रिक कारको बिक्री सुरु भएको छ। सौर्य अटोमोबाइल्स प्रालिले यो गाडी नेपालमा ल्याएको हो।

कम्पनीका अनुसार प्रिमियम सेडान कारको ब्याट्री क्षमता ४९ किलोवाट आवर रहेको छ भने कारको मोटर आउटपुट ९९ किलोवाट रहेको छ।

कम्पनीका अनुसार कारले फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ। यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ। यसको भिजुअल सिस्टम ३६० डिग्री एभीएम छ। ४१० लिटर बुट स्पेस रहेको यो कार नेपालको भूगोलसँग मिल्ने भएकाले नेपाल ल्याइएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार यसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ। यो कार जिआङसी जियाङलिङ ग्रुप भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) ले निर्माण गरेको हो।

मंसिर २८, २०८१ शुक्रबार १६:४९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।