लिट्मस इन्डस्ट्रीजले नेपालमा सुरु गर्यो एक्सएलपीई कभर्ड कन्डक्टरको उत्पादन
काठमाडौँ : लिट्मस इन्डस्ट्रीजले नेपालमा मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टरको उत्पादन सुरु गरेको छ। २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको प्रविधिले आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने कम्पनीले दाबी गरेको छ।
कम्पनीका अनुसार उच्च गुणस्तर र टिकाउपनाका सर्वोच्च मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टरहरू ईएन ५०३९७ र आईएस ३९८ –भीआई अन्तर्गत प्रमाणित भएका छन्।
एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, उच्च–गुणस्तरको क्रस–लिङ्किङका लागि डीप-वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि-ट्र्याकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश रहेको कम्पनीले जानकारी दिएको छ।
११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेषगरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ। वातावरणीय अनुकूलताको लागि तयार पारिएका यी कन्डक्टरहरू टिकाउ र भरपर्दो रहेको कम्पनीको दाबी छ।
मंसिर २८, २०८१ शुक्रबार १६:४०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।