निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै कुरा गर्छ भन्नु भ्रम हो : महासङ्घ अध्यक्ष ढकाल

निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै कुरा गर्छ भन्नु भ्रम हो : महासङ्घ अध्यक्ष ढकाल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै कुरा नगर्ने बताएका छन्। नेपाल जग्गा आवास तथा विकास महासङ्घको तेस्रो महासभामा बोल्दै अध्यक्ष ढकालले पोलिसी बनाउने बेलामा निजी क्षेत्रकै फाइदाका लागि मात्रै पनि कुरा गर्छन् भन्ने परम्परागत बुझाई रहेको भन्दै अहिले निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै कुरा गर्ने सम्भावना नरहेको तर्क गरे।

ढकालले अहिले पचासौँ वर्ष पुरानो नीतिले गाइड गरिरहेको भन्दै नीति नियमहरू परिमार्जन गर्नुपर्ने बताए।

उनले  भने, ‘हामीले पोलिसीहरु ल्याउँछौ। हामीले अहिले पचासौँ वर्ष पुरानो नीतिले गाइड गरिरहेको छ। यसलाई हामीले वास्तवमा समय सापेक्ष हिसाबबाट जान सकिएन भने, अथवा हामीले ल्याएका पोलिसिहरु सही छैन भने करेक्सन गर्नुपर्यो। गलत पोलिसि ल्याइयो र त्यो गलत पोलिसिबाट रिजल्ट राम्रो आएन भने त करेक्सन पनि गर्नुपर्यो।’

मंसिर २८, २०८१ शुक्रबार १५:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।