भारतकाे एक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

भारतकाे एक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

एजेन्सी : भारतको तमिलनाडुको डिन्डिगुलस्थित एक निजी अस्पतालमा बिहीबार राति भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ।

यो घटना राति १० बजेतिर भएको हो। समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा एक बालिका सहित कम्तीमा ६ जनाको ज्यान गएको छ।

आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन। तर, आगलागीको कारण सर्ट सर्किट भएको आशंका गरिएको छ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रत्येक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

मंसिर २८, २०८१ शुक्रबार १२:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।