१२ सयले घट्यो सुनको मूल्य
काठमाडौं : बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य साताको छैटौं दिन शुक्रबार घटेको छ।
बिहीबारको तुलनामा शुक्रबार (आज) सुन तोलामा एक हजार दुई सय र चाँदी तोलामा ६५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ५३ हजार रुपैयाँमा कायम भएको छ।
बिहीबार सुन एक लाख ५४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य घटेर तोलाको एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलाको एक हजार नौ सय २५ रुपैयाँ थियो।
मंसिर २८, २०८१ शुक्रबार ११:०५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।