चार सय ४० किलोमिटर रेन्ज दिने सात सिटे एमपीभी बीवाईडी एम६ को बुकिङ खुला, मूल्य कति?
काठमाडौं : नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाईडी एम६’ को बुकिङ खुला गरेको छ।
नेपालकै पहिलो प्रिमियम सात सिटर इलेक्ट्रिक एमपीभीको रूपमा रहेको यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ।
हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। यो अफर पुस ९ गतेसम्म मात्र कायम गरिएको छ।
बीवाईडी एम६ लाई कम्पनीले एउटा क्रान्तिकारी एमपीभीको रूपमा प्रस्तुत गरेको छ, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पूरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध हुनेछ।
गाडीमा भएका सात प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ।
यसमा भएको १०० किलोवाट हाई-पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ।
बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ। गाडीमा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ।
गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ।
कम्पनीले बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ निर्धारण गरेको छ।
मंसिर २८, २०८१ शुक्रबार ०८:१५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।