मणिपाल शिक्षण अस्पतालमा नेपाल एसबिआई बैंकका ग्राहकलाई शत प्रतिशतसम्म छुटको सुविधा
काठमाडौं : नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता भएको छ।
नेपाल एसबिआई बैंकका सम्पूर्ण ग्राहकलाई मणिपाल शिक्षण अस्पताल र मणिपाल कलेज अफ मेडिकल साइन्सका स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौता पत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गुरुङ र मेडिकल ग्रुपका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओदूभिलले हस्ताक्षर गरेका थिए।
सम्झौतासँगै बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा अस्पतालका विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि शतप्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्छन्।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।
मंसिर २८, २०८१ शुक्रबार ०८:०४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।