अमेरिकी डलर देखाएर छ लाख बढी ठगी गरेको आरोपमा दुई पक्राउ

अमेरिकी डलर देखाएर छ लाख बढी ठगी गरेको आरोपमा दुई पक्राउ

काठमाडौं : प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपालिका-९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका-४ एकान्त ठाउँमा यही मङ्सिर १३ मा ओखलढुङ्गा लिखु गाउँपालिका-९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरिकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ छ लाख ५० हजार रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो।

उनीहरुको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थान समेत बरामद गरी अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ।  

मंसिर २७, २०८१ बिहीबार २१:१७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।