काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टिम

काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टिम

काठमाडौं : जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपिएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो।

यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ। उसले अझै एक खेल खेल्न बाँकी छ। 

काठमाडौंले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६ औं ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो।

जनकपुरका लागि जेम्स निशामले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे। त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए।

काठमाडौंका लागि करण केसीले २ तथा साहब आलम र दीपेश कंडेलले १/१ विकेट लिए। 

टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.१ ओभरमा १०१ रन बनाएर अलआउट भएको थियो। 

जनकपुरका लागि हर्ष ठाकुरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे। उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरेको थियो।

काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए। उनले २२ बलमा २ चौका प्रहार गरे। कप्तान करण केसीले १३ बलमा १९ रन जोडे।

माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए। लेभिट मोहम्मद मोहसिनबाट समातिए।

सातौं ओभरमा ललित राजवंशीले दुई विकेट निकालेपछि जनकपुर खेलमा पूर्णतः हाबी भएको थियो। ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए। शेर मल्लले २०औं ओभरमा २ विकेट लिँदै काठमाडौंलाई अल आउट गरे।

जनकपुरका लागि ललित र शेरलर समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए। हारपछि पनि काठमाडौंको प्लेअफ सम्भावना बाँकी छ।

जनकपुरले आफ्नो अन्तिम खेल आइतबार चितवन राइनोजसँग खेल्नेछ। काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ।

मंसिर २७, २०८१ बिहीबार १६:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।