‘माग्ने बुढा’ले दीपक-दीपाको क्लब छाडेका हुन् कि जितुको सुझाव मानेका हुन्?

‘माग्ने बुढा’ले दीपक-दीपाको क्लब छाडेका हुन् कि जितुको सुझाव मानेका हुन्?
फिल्म 'जेरी अनटप'मा साइन गरेपछि अभिनेता अनमोल केसीसँग केदार

काठमाडौं : एक दशकअघि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’का ‘माग्ने बुढा’ अर्थात् केदार घिमिरे माग्नेबाट धनाढ्य भइसके। मेरी बास्सैमा हुँदा आर्थिक रुपमा कमजोर पात्रमा देखिने उनी करोडौंका मालिक बनिसकेका छन्। उनी फिल्म निर्मातादेखि केही पार्टी प्यालेसका साहुसमेत हुन्। 

जब उनले मेरी बास्सै छाडेर दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा समावेश भए। उनले यो टिमसँग बसेर फिल्म ‘छ एकान छ’देखि फिल्म ‘छक्का पञ्जा ५’मा आइपुग्दा फिल्मका कार्यकारी निर्माता बने। महँगो गाडी चढेर हिँडे पनि दर्शकले उनलाई माग्नेकै उपनामले चिन्ने गरेका छन्। 

मेरी बास्सै छाडेर दीपक-दीपाको टिममा आएपछि उनले राम्रै कमाए, काठमाडौंमा घरै बनाए। ८ वटा फिल्ममा सहकार्य गरेका दीपक-दीपासँग अन्य कलाकारहरूले साथ छाडे। तर, उनले भने पाँचौ श्रृंखलासम्म सहकार्य गरिरहे। दश वर्षको अन्तरालमा उनले केही फिल्म बाहेक अरूका फिल्ममा काम पनि गरेनन्। अफर आउँदा महँगो पारिश्रमिक लिएर गीतको भिडियोमा खेले। बाहिरको व्यानरमा काम गर्दा उनलाई फापेन। 

तर, पछिल्लो समयमा उनी कार्यकारी निर्माता बनेको फिल्म ‘छक्का पञ्जा ५’मा का उनको खुब आलोचना भयो। दीपक-दीपाको फिल्म भन्दा बाहिर खेल्न सकेन भन्ने कुरामा। यो फिल्मबाट निर्देशक दीपाश्री र कलाकार दीपकलाई सामाजिक सञ्जालमा गालीको वर्षा भयो। 

तर, केदार घिमिरेलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मकै विषयमा भने गाली गरेनन्। माग्ने भएरै यो फिल्म हेर्न गाको भन्ने खाल्का कुराहरू सामाजिक सञ्जालमा भरिए। यही फिल्मसँग जुध्न आएको बिराज भट्टको फिल्म ‘१२ गाउँ’लाई समर्थन र आफ्नो फिल्मलाई भक्कू गाली आएपछि माग्नेले साइबर सेनाको अभिव्यक्तिसमेत दिए। पछि फेरि त्यसका लागि मागी पनि मागे। 

फिल्म ‘छक्का पञ्जा ३’सम्म सहकार्य गरेर निकालिएका कलाकार जितु नेपालको फिल्म ‘ज्वाइँ साब’को प्रमोसनका बेला केदारलाई 'केदारजी खै किन हो बसिहरनु भएको छ, मैले त सुझाव दिएकै हो, माग आइरहेकै छ भन्ने कुरा गरेको सुन्छु। किन डराउनु हुन्छ थाहा छैन' भन्ने अभिव्यक्ति दिएका थिए। 

दीपक-दीपालाई भक्कु गाली, आफूलाई ताली र जितुको कुरा माग्नेलाई लागेछ क्यार! यो फिल्मपछि माग्नेले धमाधम आधा दर्जन फिल्ममा साइन गर्दै फिल्ममा काम गरिरहेका छन्। ‘छक्का पञ्जा’बाहेकका फिल्ममा धमाधम साइन गर्दै काम गर्न थालेपछि धेरै चकित पर्न थालेका छन्। 

दीपक-दीपा टिमको ‘छक्का पञ्जा’भन्दा बाहिर फ्लप फिल्म दिएका केही उदाहरण छन्। ‘राम पियारी’ले हलमा पानीसमेत भन्न पाएको थिएन। माग्नेको त्यो समय चलेको भनेको ‘रमाइलो छ’ युट्युबमा पूजासँग अन्तवार्ता मात्रै हो। त्यो भिडियोको क्लिप अहिले पनि सामाजिक सञ्जाल तथा टिकटकमा आइरहेका हुन्छन्। त्यो बाहेक उनको न अभिनय चल्यो न उनले बोलेको थेगो। चल्यो त केवल पूजा शर्मालाई उडाएको कुरो। 

यतिबेला भने दीपक-दीपा टिमलाई थाती राख्दै माग्ने भटाभट फिल्म ‘जेरी अनटप’,‘माग्ने राजा’, ‘कंगारु’का साथै ‘माइतीघर’मा अनुबन्ध भएका छन्। यसमध्ये ‘जेरी अनटप’को छायांकन धमाधम भइरहेको छ। यतिधेरै फिल्ममा भटाभट अनुबन्ध हुँदै काम गर्दा कतै जितुको सुझाव र सामाजिक सञ्जालको उक्साहट त हैन भन्ने प्रश्न उब्जिएको छ। अथवा दीपक-दीपाको क्लब छाडेका हुन् कि, त्यो भने उनैलाई थाहा होला। 

दीपक-दीपा भन्दा बाहिरको निस्किन नसकेका माग्नेबुढाले निस्केर पनि काम गर्न सक्छु भन्ने तागत देखाएका हुन्। तर, फिल्म खेल्दा पूजा शर्माको ‘राम कहानी’ जस्तै माग्ने कहानी नबनोस्, माग्नेलाई शुभकामना!

मंसिर २७, २०८१ बिहीबार १५:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।