एनपीएलको पहिलो सुपर ओभरमा पोखरा विजयी, रेमन रिफर बने नायक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सुपर ओभरमा पोखरा एभेन्जर्सले जित निकालेको छ।
निर्धारित २० ओभरमा दुवै टीमले समान एक सय ३९ रन बनाइएपछि खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा पहिला ब्याटिङमा आएको पोखराले छ बलमा १८ रन बनाएर १९ रनको लक्ष्य दियो।
उसका लागि रेमन रिफरले दुई छक्का र एक चौकाको मद्दतमा १७ रन बनाउँदा एन्ड्रु गौसले एक रन जोडे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले सुपर ओभरमा बलिङ गरेका थिए।
लक्ष्य पछ्याउने क्रममा विराटनगरले मात्र पाँच रन बनाउन सक्यो। उसका लागि मार्टिन गुप्टिल र निकोलस किर्तनले समान दुई–दुई रन बनाउँदा एक रन एक्स्ट्रा पाएको थियो।
पोखराका रेमन रिफरले नै सुपर ओभरमा बलिङ गरेका थिए।
जितसँगै पोखरा आठौंबाट छैटौं नम्बरमा उक्लँदा विराटनगर सातौंबाट आठौं स्थानमा झरेको छ।
मंसिर २७, २०८१ बिहीबार १२:४५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।