एनपीएलमा पोखरा र विराटनगरको खेल सुपर ओभरमा

एनपीएलमा पोखरा र विराटनगरको खेल सुपर ओभरमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेल सुपर ओभरमा गएको छ।

विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले १३९ रन मात्र बनाएपछि खेल सुपर ओभरमा गएको हो।

अन्तिम छ बलमा १४ रन चाहिएकोमा पोखराका नारायण जोशी पहिलो बलमा डट भए। दोस्रो बलमा एक रन लिएर रेमन रिफरलाई स्ट्राइक दिए।

ओभरको तेस्रो बलमा छक्का प्रहार गरेका उनी चौथो र पाँचौं बलमा डट भए।

जितका लागि अन्तिम बलमा सात रन चाहिएकोमा रेमनले छक्का प्रहार गर्दै खेललाई सुपर ओभरमा लगे।

मंसिर २७, २०८१ बिहीबार १२:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।