एफबीआई निर्देशकले राजीनामा दिने निर्णयबारे बोले डोनाल्ड ट्रम्प, के भने?

एफबीआई निर्देशकले राजीनामा दिने निर्णयबारे बोले डोनाल्ड ट्रम्प, के भने?

काठमाडौं : अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन)का निर्देशक क्रिस्टोफर रेको राजीनामाको निर्णयलाई लिएर डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।

ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि ठूलो दिन हो। यसले अमेरिकी न्याय विभागलाई हतियारको रूपमा प्रयोग हुनबाट रोक्नेछ। अब हामी सबै अमेरिकीहरूका लागि कानुनी शासन लागू गर्नेछौँ।’

क्रिस्टोफर रेको नेतृत्वमा एफबीआईले अवैध रूपमा आफ्नो घरमा छापा मारेको र धेरै निर्दोष अमेरिकीहरूलाई धम्की दिनका लागि राज्यको शक्ति प्रयोग भएको ट्रम्पको आरोप छ।

एफबीआईमा काश पटेलको नियुक्तिका सन्दर्भमा ट्रम्पले भने, ‘काश पटेल एफबीआईको इतिहासमा एजेन्सीको नेतृत्व गर्नका लागि सबैभन्दा योग्य व्यक्ति हुन्। उनी कानून र व्यवस्था सुनिश्चित गर्न प्रतिबद्ध छन्।’

ट्रम्पको यो बयान एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेको राजीनामाको निर्णयपछि आएको हो। रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा ट्रम्प राष्ट्रपति नियुक्त हुनुअघि नै राजीनामा दिने घोषणा गरेका थिए।

यसअघि ट्रम्पले क्रिस्टोफर रेलाई राष्ट्रपति पदबाट हटाउने संकेत गरेका थिए। क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा नियुक्त गरेका थिए। उनी १० वर्षका लागि नियुक्त भएका थिए।

तर, ट्रम्प राष्ट्रपति चुनाव हारेपछि गरेको क्यापटोल हिल दङ्गामा एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान शुरू गरेको थियो। यसका लागि रेले रिपब्लिकनहरूको आलोचनाको सामना गर्नुपरेको थियो।

मंसिर २७, २०८१ बिहीबार ११:४८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।