२०३४ को फिफा विश्वकप साउदी अरेबिया एक्लैले आयोजना गर्ने
काठमाडौं : सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबिया एक्लैले आयोजना गर्ने भएको छ।
साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजन्सीले जनाएको छ।
९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुनेछ। खेल हुने १५ रंगशालाहरूमध्ये ४ वटा रंगशाला बनिसकेका छन्।
यसअघि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा हुँदैछ।
त्यसपछि हुने सन् २०३० को विश्वकप पनि मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी ६ देशले संयुक्त रूपमा आयोजना गर्दैछन्।
मंसिर २७, २०८१ बिहीबार ०७:०४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।