काठमाडौं उपत्यकामा हिजो भन्दा आज बढी चिसो, कतिमा झर्यो तापक्रम?
काठमाडौं : काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहे पनि मौसम भने सफा रहने मौसमविद्हरूले बताएका छन्।
आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। दिउँसो अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने मौसम पूर्वानुमान महाशाखाकाे अनुमान छ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।
साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ।
मंसिर २७, २०८१ बिहीबार ०६:४८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।