भातृ संस्थाको महाधिवेशन गर्न कांग्रेसले बनायो निर्देशन समिति, चैत मसान्तभित्र सबैको महाधिवेशन गर्न म्यान्डेट

भातृ संस्थाको महाधिवेशन गर्न कांग्रेसले बनायो निर्देशन समिति, चैत मसान्तभित्र सबैको महाधिवेशन गर्न म्यान्डेट

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन्। 

पार्टीका भातृ सङ्गठनहरू निर्वाचन गर्न नसकेर लामो समयदेखि तदर्थ समितिको भरमा चल्दै आएका छन्। ती संस्थाको महाधिवेशन गरेर निर्वाचित समितिलाई नेतृत्व हस्तान्तरण गर्न पार्टी विधानमा टेकेर देउवाले निर्देशन समिति गठन गरेका हुन्।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ र नेपाल थारु सङ्घको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेको हो।

पार्टीले बुधवार सार्वजनिक गरेको विज्ञप्तिमा सबै भातृ संस्थाहरूको महाधिवेशन २०८१ चैत्र मसान्तसम्ममा सम्पन्न गर्ने दायित्व दिइएको छ।

मंसिर २६, २०८१ बुधबार १७:२०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।