सडकको ट्रयाक खोल्ने क्रममा स्काभेटर पल्टिएर घाइते भएका पुरूषको मृत्यु

सडकको ट्रयाक खोल्ने क्रममा स्काभेटर पल्टिएर घाइते भएका पुरूषको मृत्यु

काठमाडौं : हुम्लाको सर्केगाड गाउँपालिका-८ फुचा गाउँका ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ। 

सर्केगाड-मारघोर सडकको ट्रयाक खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएका थिए। दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको आफन्त रेशमराज रोकायाले बताए।

सर्केगाड-मारघोर खण्डको ट्रयाक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो। 

प्रदेश ०३–०१००३ क ६२४९ नम्बरको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज कँडेलले बताए। 

जुम्ला गुठीचौकर गाउँपालिका-१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।  

मंसिर २६, २०८१ बुधबार १६:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।