झुटो शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा सशस्त्रका इन्स्पेक्टरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

झुटो शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा सशस्त्रका इन्स्पेक्टरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) छविलाल कुँवरविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

मंगलबार आयोगले सूचना प्रकाशन गर्दै सशस्त्र इन्स्पेक्टर कुँवरमाथि विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको जानकारी दिएको हो। 

सशस्त्रका इन्स्पेक्टर कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको आरोप छ।

राष्ट्रसेवकको पदमा प्रवेश गरेर बढुवा पाएको भन्दै उनले लाभ लिएको आरोपमा मुद्दा दायर गरेको हो। कुँवरमाथि अख्तियारले छानबिन गरेपछि राजीनामा दिएका थिए। 

मंसिर २६, २०८१ बुधबार १५:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।